म्याग्दी । म्याग्दी नदीको बाढी र कटान नियन्त्रणका लागि मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ । मंगला गाउँपालिकाले संघीय सरकारको बिशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर–काशेबगर बस्ती संरक्षण योजना सञ्चालन गरेको हो